समाचारसंस्कृति

रातोमच्छिन्द्रनाथको जात्रा २९ गते सकिने

भाद्र २३, ललितपुर ।

कोभिडका कारण प्रभावित बनेको यस वर्षको रातोमच्छिन्द्रनाथको रथ यात्राको समापन भाद्र २९ गते मच्छिन्द्रनाथलाई रथबाट खटमा बिराजमान गराई बुंगमती पु¥याएपछि यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुँदैछ ।

हिजो ललितपुरको मंगलबजारस्थित साइतपाटीमा मच्छिन्द्रनाथको रथ जात्रासँग सम्बन्धित ज्योतिषहरूको समूहले साइत हेरेपछि पश्चिम गमनको साइत २९ गतेका लागि निकालिएको हो ।

तस्वीर ः विकास खड्रगीकाे फेसबुकबाट साभार

 

मच्छिन्द्रनाथलाई उत्तरायणको ६ महिना पाटनमा र दक्षिणायणको ६ महिना बुंगमतीमा राख्ने चलन चल्दै आएको छ । जस अनुसार सूर्य दक्षिणायणमा गै सकेको र आसन्न मलमास एवं विश्वव्यापी महामारी कोभिडका कारण रथ यात्रालाई छोट्याईएको हो । भोटो जात्रा, जा ह्वला जात्रा, नरिवल जात्रा, याकः मिसा याः लगायतका सम्पूर्ण अन्य विधिविधानहरु यो वर्ष गरिने छैन ।

 

 

बुंगद्यः (रातो मच्छिन्द्रनाथ) काे रथ यात्रा सम्पन्न (फोटो फिचर)

हिजो शुरु गरिएको रथयात्रा आजबाट विधि विधानपूर्वक क्षमापूजा गरि सम्पन्न गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *