“गयो गयो उमेर … बाँचौ रमेर” म्यूजिक भिडियोको लोकार्पण सम्पन्न
शरण डंगाेल, काठमाडाैं ।
लक्ष्मी भुजेल महर्जनको पहिलो प्रस्तुति “गयो गयो उमेर … बाँचौ रमेर” को गीत र म्यूजिक भिडियोको लोकार्पण वरिष्ठ कलाकार बसुन्धरा भुषालको प्रमुख आतिथ्यतामा हिजो सम्पन्न भयो ।

आफ्नो बढ्दो उमेर, स्वास्थ्य र विदेशिएका सन्तती प्रति लक्षित गरी रचनाकार सुशीला भूजेलद्वारा रचित गीतमा लक्ष्मी भुजेल महर्जनको स्वर रहेको छ ।
रवि सायमीको निर्देशनमा तयार भएको उक्त म्यूजिक भिडियोमा वरिष्ठ कलाकार मिथिला शर्मा लगायतको जीवन्त अभिनय रहेको छ ।

शिव शाहीको संगीत रहेको उक्त गीतको लोकार्पण कार्यक्रममा निर्देशक, कलाकार, संगीतकार लगायत सहयोगी हातहरुलाई सम्मान गरिएको थियो ।
A family, a fundamental social and typically a group of people related songs. Very very good songs