श्री पञ्चमीको शुभअवसरमा थायमरु त्वाःपुचःको विशेष कार्यक्रम सम्पन्न
२ फागुन २०८० ।
सरस्वती वन्दना
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।
या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥ १ ॥
आशासु राशीभवदङ्गवल्ली भासैव दासीकृतदुग्धसिन्धुम्।
मन्दस्मितैर्निन्दितशारदेन्दुं वन्देऽरविन्दासनसुन्दरि त्वाम् ॥ २ ॥
शारदा शारदाम्भोजवदना वदनाम्बुजे ।
सर्वदा सर्वदास्माकं सन्निधिं सन्निधिं क्रियात् ॥ ३ ॥

विद्याकी देवी श्री सरस्वतीको जन्मोत्सवको उपलक्ष्यमा का.म.पा. वडा नं. २५ काे थायमरू त्वाःपुचःद्वारा आज श्री पञ्चमीका दिन विगत ३ वर्षदेखि लगाताररुपमा गर्दै आइरहेको बालबालिकाहरुलाई अभ्यासपुस्तिका, कलम र वर्णमाला पुस्तक वितरण कार्यक्रमले यसपाली पनि निरन्तरता पाएको छ ।

संस्थाको अध्यक्ष संजय महर्जनका अनुसार पहिलो वर्ष ३००, दोस्रो वर्ष ५०० र यस वर्ष ५०० भन्दा बढी बालबालिकाहरुलाई आजकै दिनमा शैक्षिक सामाग्री हस्तान्तरण गर्दै आइरहेको बताए ।

संस्थाले यस बाहेक विविध सामाजिक क्रियाकलापहरुमा पनि निरन्तरता दिइरहेको बताउँदै यस क्षेत्रमा हुने हरेक जात्रा पर्वहरुमा अग्रपंक्तिमा रही सेवारत रहेको र रक्तदान, सांस्कृतिक कार्यक्रमहरु गर्दै आइरहेको बताए ।