नेपाः डान्स एकेडेमीको नृत्य मेला सम्पन्न
१२ माघ २०८०, काठमाडाैं ।
नेपाः डान्स एकेडेमीले आइतबार राष्ट्रिय नाचघर जमलमा १५० जना आफ्ना विद्यार्थीहरुको ७० वटा नृत्य विधा प्रस्तृत गरेको छ।
गणेश बन्दना बाट कार्यक्रमको शुरुवात भएको उक्त कार्यक्रम झण्डै ४ घण्टा लगातार नृत्य प्रस्तुत गरिएकाे उक्त कार्यक्रम काठमाडौ महानगरपालिकाका उप मेयर सुनिता डंगोलको प्रमुख आतिथ्यतामा तथा यज्ञ मान पति बज्राचार्यकाे विशेष आतिथ्यतामा सम्पन्न भएकाे थियाे । उक्त कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।
४ बर्ष देखि ५४ बर्ष सम्मका आफना विद्यार्थीहरुलाई एउटै रंगमञ्चमा उतारेर शायद नेपाः डान्स एकेडेमीले पहिलो पटक रेकर्ड नै बनाएको छ।
नेपाः डान्स एकेडेमी नृत्यको क्षेत्रमा रुचि राखी आफ्नो क्षमताको विकास गर्न चाहने विद्यार्थी एवं यस संस्थालाई शुरूका दिन देखि निरन्तर रूपमा आफ्नो सल्हाह,सुझाव एवं मार्ग निर्देशन प्रदान गर्दै आउनुभएका सम्पूर्ण सुभेच्छुक एवं सहयोगी व्यक्तित्वहरूसित हातेमालो गर्दै अगाडि बढ्न दृढ संकल्पित छ ।