श्रीपञ्चमी शास्त्रीय संगीत उत्सव समपन्न
१५ माघ २०७९ ।
ललितपुर महानगरपालिका वडा १६ कलाकार समितिले लोक, शास्त्रीय संगीतमा समर्पित कलाकारहरुको प्रस्तुति समेटेर श्रीपञ्चमी शास्त्रीय संगीत नखः (उत्सव) आयोजना गरेको छ ।
नेवार परम्परानुसार यस दिन पूजिने प्रमुख देवता महामञ्जुश्री हुन् । कार्यक्रमका सभापति १६ वडा अध्यक्ष निर्मलरत्न शाक्यले स्वागत गर्नुहुँदै “सांस्कृतिक, सांगीतिक क्षेत्रमा विभिन्न गतिविधिसाथ क्रियाशील वडाले शास्त्रीय संगीतमा समर्पित कलाकारको प्रस्तुति समेटी गरेको यो कार्यक्रम नयाँ आयाम भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले अमूर्त सम्पदा संरक्षणमा १६ वडाको भूमिका नेतृत्वदायी रहेको उल्लेख गर्नुहुँदै मूर्त सम्पदामा धेरै ध्यान दिइरहेको महानगरपालिकाल अमूर्त सम्पदा क्षेत्रमा पनि उल्लेखनीय कदम चाल्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संगीतको माध्यमबाट परिवर्तन संभव छ भन्ने विश्वासका साथ क्रियाशील “प्लइङ फर चेञ्ज नेपाल”का कलाकारहरुद्वारा सरस्वती वन्दना गाएका थिए भने अन्य कलाकारहरूले बाँसुरीकाे धुन, नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा दोश्रो सांगीतिक प्रस्तुतिका रुपमा वाद्य शिरोमणी गणेशलाल श्रेष्ठको नाममा स्थापित वाद्यशिरोमणी संगीत घरानाले राग वृन्दावणी सारंग प्रस्तुत गरेका थिए ।
लोक संगीतको अभिलेखीकरण, संरक्षण तथा प्रचारका कार्यमा सक्रिय रहँदै आएको प्रोजेक्ट बाजा नेपालले ।
कार्यक्रममा प्रदेशसभा सांसद रामकृष्ण चित्रकार लगायत विशिष्ट व्यक्तित्वहरूकाे उपस्थिति रहेको थियाे ।