संस्कृतिस्थानिय समाचार

हनुमानढोकामा ५०४ कन्या कुमारी पूजा हुने

९ भाद्र २०७९, शरण ज्यापु हरि, काठमाडौं ।

येँयाःको सुखद् अवसरमा युवा हिन्दु महासंघ हनुमानढोकाको आयोजनामा यहि भाद्र २३ गते बिहीवारका दिन श्री तलेजु भवानी मूलढोका अगाडि ५०४ कन्या कुमारी पूजा हुने भएको छ ।

१६ औं पटक हुन लागेको उक्त कुमारी पूजामा श्रद्धालु भक्तजनहरुले कन्या श्री कुमारीहरुलाई आफ्नो स्वेच्छाले दान गरी पूण्य कमाउन हुन युवा हिन्दु महासंघका अध्यक्ष राजन महर्जनले आह्वान् गर्नु भएको छ ।

गत श्रावण १९ गतेदेखि नाम दर्ता शुरु भएको र आगामी भाद्र १९ गतेसम्म कन्या कुमारीहरुको नाम दर्ता गर्न सकिने  जानकारी गराएका छन् ।

विस्तृत जानकारीको लागि फोन नं. ९८४१३४९९७३ र ९८१३७७३८३९ मा सम्पर्क राख्न पनि अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *