हरिसिद्धिमा कालोपत्रे गर्न शुरु
२९ मंंसिर २०७८ ।
बि.के. जल्मी, हरिसिद्धि, ललितपुर ।
जनस्तरबाट ब्यापक विरोध भएपछि ल.पु.म.न.पा. वडा नं. २८ र २९ मा पर्ने हरिसिद्धिको मुख्य सडकमा आजबाटै कालोपत्रे गर्ने कार्य शुरु गरिएको छ ।
कालोपत्रे गर्न दिइएको अल्टिमेटमको समय भित्र कार्य सुचारु नगरेका कारण हिजो वडाध्यक्ष समेत विरोधमा निस्की हरिसिद्धि बन्द गरेका थिए भने आज बिहानसम्म पनि ठूला गाडी आवात जावतमा रोक लगाई विरोध गरेका थिए ।
आज दिउँसैबाट कालोपत्रे गर्न शुरु गरेकोमा रातभर काम सुचारु गर्ने जानकारी प्राप्त भएको छ । सम्पूर्ण काम नसकिएसम्म काम नरोकिने आश्वासन पनि स्थानियले पाएको बताइएको छ ।
विगत महिनौंदेखि धुलो धुवाँ खान बाध्य स्थानियहरु कालोपत्रे गर्न शुरु गरिएकोले हर्षित देखिएका छन् ।
