कात्ति प्याखँ (कार्तिक नाच) शुरु
२५ कार्तिक २०७८, ललितपुर ।
ललितपुरको मंगलबजारस्थित कार्तिक नाच डबलीमा हिजोबाट कार्तिक नाच अर्थात् स्थानीय नेपालभाषामा कात्ति प्याखँ शुरु भएको छ ।

तान्त्रिक विधि अनुसारका कार्तिक नाचका धेरै जसो कथाहरु विष्णु पुराणका कथासँग सम्बन्धित रहेको छ । यो नाच राजा सिद्धिनरसिंह मल्लको पालामा ८ दिन र पछि श्रीनिवास मल्लका पालामा १५ दिन देखाउने गरिन्थ्यो । यस नाचमा ललितपुरका राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ल लगायत विविध जात जातिहरुको प्रतिनिधित्व रहँदै आएको छ ।

हिजो पहिलो दिन श्रीकृष्ण अवतार अन्तर्गत श्रीकृष्ण र सुदामा वा भक्त सूरदासको कथा बस्तुमा आधारित रहेको नृत्य प्रश्तुत गरे ।
गत वर्ष कोभिड महामारीका कारण दुई दिनमात्र प्रस्तुत गरिएको कार्तिक नाच यस वर्ष आठ दिन प्रस्तुत गरिने कार्यक्रम तालिका रहेको छ ।

भिडियाे हेर्नकाे लागि तलकाे लिंकमा क्लिक गर्नुहाेस् ः