अन्जना ताम्राकारको पहिलो साहित्यिक कृति “लुमन्तिया जः” सार्वजनिक
ललितपुर, ५ बैशाख २०७८
शताब्दि पुरुष सत्यमोहन जोशीको निवास लोक साहित्य परिषद, ललितपुरमा वहाँकै प्रमुख आतिथ्यतामा अन्जना ताम्राकारको पहिलो साहित्यिक पुस्तक “लुमन्तिया जः” हाइकु संग्रह हिजो एक कार्यक्रम बिच विमोचन गरियो ।

शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार एवं समालोचक डा. पुष्प राजकर्णिकार, दिल बहादुर चित्रकार, धु्रब मधिकर्मि लगायत नेवाः हाइकु पुचःका अध्यक्ष सुनिल प्रधान, बागमती प्रदेशका सांसद अजय क्रान्ति शाक्य, इलोहं प्रकाशनका प्रमुख नरेश वीर शाक्यले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरेका थिए ।

साहित्यकार अन्जना ताम्राकारले साहित्य क्षेत्रमा आपूm बामे सर्दै गर्दा अग्रज साहित्यकारहरुको प्रोत्साहन र परिवारका सदस्यहरुको सहयोगमा छोटो अवधिमै हाइकु संग्रह प्रकाशन गर्न सकेको बताउँदै निकट भविष्यमै कथा संग्रह र उपन्यास पनि प्रकाशनमा ल्याउने बताए ।
कार्यक्रममा अग्रज साहित्यकार एवं समालोचकहरुले पुस्तकको समिक्षा गरेका थिए ।
अन्तर्राष्ट्रिय हाइकु दिवसको अवसरमा इलोहं प्रकाशनले सो पुस्तक बजारमा ल्याएको हो ।