‘गंसि’को प्रिमियर सम्पन्न
१८ फागुन २०८२, काठमाडाैं ।
गत शनिबार कलाकार आराध्यालक्ष्मी खड्गी र अमर चित्रकार अभिनित नेपालभाषाको म्यूजिक भिडियो ‘गंसि’को प्रिमियर हिजो यहाँ एक कार्यक्रम बिच सम्पन्न भयो ।
भूपेन्द्र बज्राचार्यको निर्देशनमा तयार भएको उक्त म्यूजिक भिडियो नेपालभाषा क्षेत्रमा सम्भवत पहिलो सर्ट सांगितिक गिती चलचित्र भएको दावी कोरियोग्राफी सम्हालेका आराध्यालक्ष्मी खड्गीले बताए ।

उक्त म्यूजिक भिडियो अभिनय गर्ने अन्य कलाकारहरुमा वरिष्ठ द्वन्द निर्देशक राजेन्द्र खड्गी, भूपेन्द्र बज्राचार्य, भेस महर्जन, सुनेश शाक्य, राम चित्रकार, रबिन्द्र श्रेष्ठ, चिरिबाबु महर्जन, राजेन्द्र श्रेष्ठ, राजेस श्रेष्ठ, निरज प्रधान, मोहिद्दिन खान, बिक्रम खड्गी, श्याम महर्जन लगायतको अभिनय रहेको उक्त म्यूजिक भिडियोको छायांकन सुनिल भण्डारी, राम चित्रकार र सुबिर्णा चित्रकारले गरेका थिए । मन्जिल शाक्य र भेस महर्जनको सह–निर्देशन रहेको उक्त म्यूजिक भिडियोको फाइट डाइरेक्टरमा राजेन्द्र श्रेष्ठ रहेका छन् ।
भूपेन्द्र बज्राचार्यको शब्द र संगित रहेको उक्त गितमा अमर चित्रकार र सरिता महर्जनको स्वर दिएका छन् ।