वर्ल्ड सुप्रेमेसी ब्याटल ग्राउन्डमा नेपालबाट नेपा डान्स एकेडेमी
२९ असार २०८२ ।
वर्ल्ड सुप्रेमेसी ब्याटल ग्राउन्ड गत जुलाई १० देखि शुरु दुबईमा शुरु भएको छ । उक्त प्रतियोगिता आगामी जुलाई १६ गते समापन हुनेछ ।

उक्त प्रतियोगितामा भाग लिन नेपालको प्रतिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रस्तुति दिन नेपा डान्स एकेडेमीका रोहिया महर्जनको संयोजन तथा सृष्टि महर्जनको कोरियोग्राफी सहित १० कलाकारहरु अलिसा परियार, सृष्टि देउला, मानकी तामाङ, फुर्साङ ब्लोन लामा, इसानी कुलुङ, पासाङ तामाङ, रियाना मानन्धर, ट्रिनव महर्जन, संयम गुरुङ, र फिन्जु तामाङ रहेका छन् ।

उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा भारत, न्युजिल्याण्ड, जेनेभा, फिलिपिन्स, अष्ट्रेलिया, हङकङ लगायत विभिन्न देशका डान्स ग्रुपहरू सहभागी हुनेछन् ।
उक्त टोलीलाई नेपाली कला समुदाय तथा परिवारजनबाट निरन्तर समर्थन प्राप्त भइरहेको छ । सम्पूर्ण राष्ट्रले नेपा डान्स एकेडेमीको दमदार प्रदर्शनको अपेक्षा गर्दै नेपालको गौरव बढाउने विश्वास लिएको छ ।