कलामनाेरञ्जन

कलाकार एवं नेपालभाषाका योद्धा गणेश साय्मि सम्मानित

२४ असार २०८०, काठमाडौं ।

जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा हिजो यहाँ एक कार्यक्रम बिच नेपालभाषा क्षेत्रका वरिष्ठ हाँस्य कलाकार, निर्देशक एवं नेपालभाषा आन्दोलनका एक योद्धा गणेश साय्मिलाई सम्मान गरेको छ ।

कलाकार गणेश साय्मि हना पुचः र नेपालभाषा मंकाः खलःको आयोजनामा सम्पन्न उक्त सम्मान कार्यक्रममा नगद रु एक लाख पचहत्तर हजार, सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न संघसंस्था, खलःपुचःले पनि कलाकार गणेश साय्मिलाई सम्मान गरेको थियो ।

कार्यक्रममा ज्यापु महागुथिका केन्द्रीय अध्यक्ष एवं लोककवि राजभाई जकमि, वरिष्ठ कलाकार अमरराज राजोपाध्याय, ख्यालि जुजु मदनकृष्ण श्रेष्ठले सम्मानित व्यक्तित्वको बारेमा क्रमशः कविता, गीत र हाँस्यव्यंग्य मार्फत आफ्नो मन्तव्य राखेका थिए ।

सम्मान कार्यक्रमका अध्यक्ष राजेन्द्र शाक्यकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ पत्रकार सुरेश किरणले सम्मानित व्यक्तित्वको बारेमा विस्तृत रुपमा आफ्नो मन्तव्य राखेको उक्त कार्यक्रममा अतिथि मल्ल के. सुन्दर, जनगायक भृगुराम श्रेष्ठ, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, कामपाका प्रवक्ता एवं १७ वडाका वडाध्यक्ष नविन मानन्धर, समाजसेवी राजेन्द्र श्रेष्ठ, सम्मान कार्यक्रमका सदस्य सत्यनारायण डंगोल  लगायतले मन्तव्य राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *