मनाेरञ्जन

वरिष्ठ गायक जुजुकाजी रंजितको सोलो एल्बम  “मतिनाया गल्लि” लोकार्पण सम्पन्न

१४ माघ २०७९, काठमाडौं ।
वरिष्ठ गायक जुजुकाजी रंजितको सोलो एल्बम “मतिनाया गल्लि”को  लोकार्पण हिजो एक कार्यक्रम बिच यहाँ सम्पन्न भयो ।
कुल ८ वटा गीत समावेश भएको उक्त एल्बम विमोचन कार्यक्रममा प्रमुख अतिथि एवं गीतका सर्जक जनकवि दुर्गालाल श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले भगवान् भनेको प्रेम भावनाले ओत पोत स्थान जुन ठाउँ गल्ली होस् वा फोहोर होस् या अँध्यारो ठाउँ किन नहोस् सोही स्थानमा बास गर्नु हुनेछ भावले गीतहरु तयार पारिएको बताए ।
कार्यक्रममा अतिथि मल्ल के सुन्दरले जनकविले आफ्नो साहित्य यात्राको सुरुवात आफ्नै घर वरिपरिबाट सुरु गरेको स्मरण गराउँदै एल्बममा लयबद्ध गरिएका गीतहरू प्रख्यात दार्शनिक सन्त कवि कबिरबाट प्रभावित भएको बताए ।
कार्यक्रममा सङ्गीतकार द्वय जुगल डंगोल र मनराजा नकःमिले गीत तयार गर्दा भएका आफ्ना अनुभवहरू प्रस्तुत गरेका थिए भने अतिथि प्रकाश साय्मी लगायतले आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।
एल्बममा गायक रंजितलाई युगल गीतमा निशा देशार र रत्न शोभा महर्जनको सुमधुर स्वरले साथ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *