सम्पदासंस्कृति

ङतभुलु अजिमाको द्यःछेँ अनावरण

२ आश्विन २०७९, काठमाडौं ।
हिजो ङतभुलु अजिमाको द्यःछेँ अनावरण सम्पन्न गरियो । देवगणहरु सम्मिलित विशेष तान्त्रिक पूजा पश्चात पञ्चरंगी ध्वजा फहराई चतांमरि र यःमह्रीले अभिषेक गराई पराम्परागत रुपमा द्यःछेँको अनावरण गरिएको थियो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यतामा र काठमाडौं महानगरका मेयर बालेन्द्र साह तथा उपमेयर सुनिता डंगोलले संयुक्त रुपमा ताम्रपत्रको अनावरण गरिएको थियो ।

७२ सालको महाभूकम्पको चपेटामा परी पुनःनिर्माण गरिएको सो द्यःछेँ ९० सालको भूकम्प अगाडिको स्वरुपमा परम्परागत रुपमा तयार गरिएको छ । उक्त द्यःछेँ दैनिक नित्य पूजा गर्न र भुजा अर्पण गर्न प्रयोग गर्ने गरिन्छ । साथै बाह्र वर्षे जात्राको क्रममा सोही द्यःछेँबाट शुरु भै १२ स्थानमा जात्रा निकालिसकेपछि पुनः मन्दिर सँगै रहेको द्यःछेँबाट हरेक वर्षको जात्रा निकाल्ने गरिन्छ । देवगण जात्राको लागि आवश्यक सामानहरुको भण्डारण गर्न, त्वाःखलःका नयाँ पिंढीलाई बाजा गाजा सिकाउन आदिको लागि प्रयोग गर्ने गरिन्छ ।

पुरातत्व विभाग, महानगरपालिका, स्थानिय १८ वडा समिति लगायत श्रद्धालु भक्तजनहरुको सहयोगमा सो द्यःछेँ निर्माण सम्पन्न गरिएको थियो ।

कार्यक्रममा परम्परागत ज्यापु समुदायको त्वाःखलःका प्रतिनिधि लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *