मेयर कप तेक्वान्दोको फाइनल स्पर्धाहरु भोलि
काठमाडौं, २३ माघ २०७७ ।
का.म.पा. २१ वडा स्थित जैसिदेवल युथ क्लब र जैसिदेवल तेक्वान्दो डोजाङ्गको आयोजनामा प्रथम काठमाडौं जिल्ला व्यापी जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०७७ हिजोबाट यहाँ शुरु भएको छ ।
काठमाडौंका १९ वटा संस्थाहरुले सहभागिता जनाएको उक्त प्रतियोगिताका विभिन्न बिधाका प्रारम्भिक चरणका खेलहरु हिजो र आज गरी सम्पन्न भयो ।
भोलि माघ २४ गते फाइनल स्पर्धाका खेलहरु हुनेछन् भने विजेताहरुलाई शिल्ड, पदक र प्रमाणपत्र तथा नगद पुरस्कार पनि वितरण गरिने छ ।