“ओ मैंचा मुसुमुसु न्हिला……..” को प्रिमियर सम्पन्न
कार्तिक ३०, काठमाडौं ।
नेपालभासा नयाँ गीत “ओ मैंचा मुसुमुसु न्हिला……..” को प्रिमियर हिजो काठमाडौंमा सम्पन्न भएको छ ।
बँ पसः हटाउ अभियानमा सशक्त रुपले समर्पित जागरुक युवा समाजले भाषिक र सांगितिक क्षेत्रबाट कला र संस्कृतिलाई नयाँ पुस्तामा पुस्तान्तरणको पहिलो कदम सफलताका साथ चालेको छ ।

गीतका सर्जक, गायक, कलाकार लगायत नयाँ पुस्ताको पहिलो प्रयास रहेको “ओ मैंचा मुसुमुसु न्हिला……..” लाई स्थापित निर्देशक राजन शाही लगायतको समूहले तयार पारेको उक्त गितको भिडियोलाई दर्शकले मन पराउनेमा विश्वस्त रहेको आयोजकले बताएको छ ।

गीतका शब्द र संगित अनिल महर्जनको रहेको सो गीतमा स्वर किशोर महर्जनले दिएको छ भने कलाकारहरुमा नव आगन्तुक कलाकारहरु विपिन शाही र सलुना श्रेष्ठ लगायतका नवोदित कलाकारहरुको सशक्त अभिनय रहेको छ ।
हिजो आजका व्यस्त निर्देशक राजन शाही लगायतको टिमले निरन्तर रुपमा नेपालभाषा र नेपालीभाषाका गितका भिडियोहरु एक पछि अर्को गर्दै दर्शक सामु पु¥याई रहेकोमा यो पछिल्लो गितको भिडियो “ओ मैंचा मुसुमुसु न्हिला……..” को कन्सेप्टमा दर्शनवीर शाक्य र गितको छायाँकन र सम्पादन पनि मनोजरत्न शाही रहेको छ ।

“ओ मैंचा मुसुमुसु न्हिला……..” को भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ः