नेपालभाषाफाेटाे फिचरमनाेरञ्जन

नेपालभासाको नयाँ गित “गुलि न्ह्याईपुसे च्वं छ व जि” को छायाँकन फर्पिङ्गमा सम्पन्न

कार्तिक २७, काठमाडौं ।

“फय् सिरि सिरि नगु झलमल झी खनाः लयताःथें
यचुगु सर्गतं स्वैच्वन झीत लसकुस याथें
थन झी मतिनाय दुबिना लसताया स्वां व्हः थें
लाय्कू नापसं महाद्यो पार्वतीं झीत सुवाः ब्यू थें
जि राजामति छ जिम्ह यज्जु द्यवं चूलाका ब्यूथें ।”

यस्तै यस्तै प्रेमालापका शब्दहरु रहेको गीतका स्रष्टा आनन्द बज्राचार्यंका शब्दहरुलाई राजु सिंहले संगीतबद्ध गरी सरिता शाहीको सुमधुर स्वरले सजिएको “गुलि न्ह्याईपुसे च्वं छ व जि” को छायाँकन गत मंगलबार नेपालकै पहिलो विद्युत उत्पादन गृह रहेको ऐतिहासिक स्थल फर्पिङ्ग ड्याम क्षेत्रमा सकिएको छ । यस गीतको संगीत संयोजनमा जुगल डंगोल रहेको छ ।

नेपालभासा क्षेत्रका व्यस्त कलाकार आराध्या लक्ष्मी खड्गी र किशोर चिपालुको जीवन्त अभिनय रहेको यस गीतमा निर्देशन राजन शाहीले गरेका छन् भने मेकअपमा उमिशा पाण्डे र गीतको छायाँकन र भिडियो सम्पादनमा मनोज रत्न शाही रहेका छन् ।

गीतमा एक सुखद् विवाहित जोडी, जो आफनो श्रीमान्ले पलपलमा दिएका मायालाई आफ्नो श्रीमान्को अनुपस्थितीमा पनि हरपल उनकै परिकल्पना बुनेर बस्ने जोडीको कथालाई पर्दामा देखाउन खोजेका निर्देशक राजन शाहीको मूल्यांकन दर्शकले नै गर्नेमा विश्वस्त रहेको छ । निर्देशक शाहीका अनुसार गीत र संगीतलाई विशेष ध्यान दिएर भिडियोको परिकल्पना गरिएको बताए । निर्देशक शाही लामो समयदेखि नृत्य निर्देशकको रुपमा यस क्षेत्रमा सकृय रहेको र विगत केही वर्षदेखि नेपालभासा क्षेत्रमा उत्कृष्ट म्यूजिक भिडियो निर्देशकको रुपमा पनि आफूलाई स्थापित गर्न सफल भएका व्यक्तित्व हुनुहुन्छ ।

लामो समयदेखि संचार क्षेत्रमा अनुभव बटुलेका तथा नेपाली म्यूजिक भिडियो क्षेत्रमा पनि विभिन्न म्यूजिक भिडियोको निर्देशनको अनुभव समेत बटुलेका मनोज रत्न शाहीले यसमा छायाँकन र सम्पादन गरेका छन् ।

यस भिडियोको परिकल्पनाकारको रुपमा नेपालभासा पाक्षिक “पेज थ्री”का सम्पादक दर्शनवीर शाक्य रहेका छन् । इन्द्रायणी जस्तो पृथक कथालाई उत्कृष्ट शर्ट मूभीको रुप दिन सफल दर्शनवीर शाक्य, राजन शाही र मनोज रत्न शाहीको समुहले यस अघि पनि नेपाल भाषाका थुप्रै उत्कृष्ट म्यूजिक भिडियोहरु निर्माण गरिसकेका छन् ।

गायन यात्राको शुरुवात मै नेपाली भाषाको गीत “जुग वित्यो”बाट उत्कृष्ट नवगायिका विधामा इमेज अवार्ड २०१२ जित्न सफल सरिता शाहीको “गुलि न्हेपुसे च्वं छ व जि” बोलको गीत केही समयदेखि नै नेपाल भाषाको गीत कार्यक्रममा हिट भै रहेको छ । संजोगको कुरा सरिता शाहीको जुग वित्यो बोलको गीतमा निर्देशकको रुपमा काम गर्नु भएका मनोज रत्न शाहीले यस गीतमा भने छायाँकंन र सम्पादनको जिम्मा लिएका छन् ।

नेपाल सम्बत् ११४१ को सुखद् अवसरमा यस गीतको प्रिमियर गरिने जानकारी प्राप्त भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *