श्री पचली भैरव जात्रा शुरु, गुथियारको घरबाट पुं (चित्रकार)को घरमा पु-याइयो
कार्तिक २, काठमाडौं ।
कोभिड महामारी उत्कर्षमा पुगिरहेको यस विषम परिस्थितिमा आवश्यक सम्पूर्ण सतर्कता अपनाई हिजो काैलाथ्व पारूबाट श्री पचली भैरवको जात्रा शुरु भएको छ । यंगाः स्थित गुथियारको घरमा विहानैदेखि शुरु भएको विशेष पूजा आजा पश्चात श्री पचली भैरवलाई कोहिती स्थित चित्रकारको घरमा पु-याइएको छ ।


काेहितीमा चित्रकारले श्री पचली भैरवलाई “लँपु छायेगु” कार्य सम्पन्न भएपश्चात् चौथीको दिन थकु जुजुको निवास भिमसेनस्थानमा लगिन्छ र त्यहाँ थकु जुजुबाट पूजा आजा पश्चात् टेकू स्थित पचली भैरव पिथमा विराजमान गराइन्छ ।
पञ्चमीको दिन जात्रा गरी देश परिक्रमा पश्चात अर्को गुथियारको घरमा भित्र्याए पछि जात्रा समाप्त हुन्छ ।
यस विचमा गुथियार एवं अन्य भक्तजनहरुद्वारा विभिन्न धार्मिक क्रियाकलापहरु पनि सम्पन्न हुने हुन्छ ।


