रक्तदान कार्यक्रम सम्पन्न
आश्विन २५, काठमाडौं ।
मन्जित महर्जन
ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा का.म.पा.२४ र जागरुक युवा समाज, काठमाडौंको सयुक्त आयोजनामा हिजो इटुम्बहाल, काठमाडौंमा एक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा वडा अध्यक्ष बालकृष्ण श्रेष्ठज्युबाट ब्लोदानलाइ पिपिई, माक्स र सेनिटाइजर सहयोग गर्नु भएको थियो भने लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलको पनि विशेष सहयोग रहेको थियो।
केन्द्रीय रक्तसंचारका निर्देशक डा.मनिता राजकर्णिकार प्रमुख अतिथि तथा ब्लोडानका केन्द्रीय अध्यक्ष सानु बाबु प्रजापति विशेष अतिथि रहेको सो कार्यक्रम जागरुक युवा समाजका राजिव श्रेष्ठको संयोजकत्वमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा ब्लड डोनर्स एसोसियसन नेपालका केन्द्रीय कोषाध्यक्ष मचाकाजी महर्जन, केन्द्रीय सदस्य पुरुषोत्तम खत्री र विनोद तुलाधर, २४ वडा महिला स्वयम् सेवक तथा काठमाडौं मध्य क्षेत्रका उपाध्यक्ष आर.बी. ठकुरी, सचिब मचा महर्जन, कोषाध्यक्ष दिनेश महर्जन, सदस्यहरु सुमित्रा सेन, उर्मिला मघैया लगायतको उपस्थिती रहेको थियो ।
उक्त रक्तदान कार्यक्रममा जम्मा २१ जना स्वयंसेवी रक्तदाताले रक्तदान गर्नु भएको थियो ।

फाेटाे – मन्जित महर्जन