महानगर समाचारस्वास्थ्य

काठमाडाैं महानगरले यसै हप्ता स्तरीय आइसोलेसन निर्माण गर्ने

भदाैं ४, काठमाडौं ।

काठमाडौ महानगरपालिकाले आउँदो १ हप्ताभित्र उपत्यका स्तरीय एकीकृत आइसोलेसन निर्माण गर्ने भएको छ । कोभिड १९ को बढ्दो संक्रमण व्यवस्थापन गर्न र तेश्रो मुलुकबाट आउने ठूलो संख्याका यात्रुलाई निगरानी अवधिभर राख्नका लागि एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माणमा लागेको हो । आज काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यले नगरबासीलाई महामारी नियन्त्रणका लागि निरन्तर सहयोग गर्न अपिल गर्दै काठमाडौं महानगरपालिका उपत्यका स्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको बताए ।

‘संघ र प्रदेश सरकार तथा उपत्यकाका नगरपालिकाहरुको समन्वय र सहभागितामा आगामी १ हप्ता करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गरिने व्यहोरा जानकारी गराउन चाहन्छु’ मेयर शाक्यले भने ।

स्थानीय प्रशासनले महामारी नियन्त्रणका लागि जारी गरेको निधेषाज्ञाको स्वागत गर्दै यसको पूर्ण पालनाका लागि नगरबासीलाई अनुरोध गर्दै मेयर शाक्यले भने, ‘कोरोना संक्रमण फैलिने मुख्य कारण नै भीड भएकोले अवस्था नियन्त्रणमा नआउञ्जेल घरबाट बाहिर ननिस्कन, बाहिर आउनै परे मास्क र स्यानिटाइजरको उचित प्रयोग गर्न, जात्रा र पर्व मनाउँदा बिधि मात्र पूरा गर्न तर भीड नगर्न, समय समयमा साबुन पानीले हात धुन आग्रह गर्दछु ।’

उनले जोखिममा भएका बर्गको परुीक्षण, आइसोलेसन र क्वारेन्टाइनको निर्माणसँगै स्तरीय स्वास्थ्य सेवाको गुणस्तरीयतामा ध्यान दिनु पर्ने उल्लेख गरेका छन् । कोभिडका समयमा बिरामीलाई अस्पतालको सेवा लिन जान अप्ठ््यारो नपरोस् भनेर नेपाल एम्बुलेन्स सेवा १०२ सञ्चालनमा ल्याइएको बताउँदै कुनै समस्या परे यो सेवा लिन उपत्यकाबासीलाई शाक्यले अपिलमार्फत अनुरोध गरेका छन् ।

‘राजधानी सहर भएकोले काठमाडौंमा जनसंख्याको चाप ठूलो छ । यो चाप कोभिड १९ का कोणबाट जटिल अवस्था हो । यतिञ्जेल नागरिकबाट प्राप्त सहयोग सकारात्मक छ ।’ अपिलमा मेयर शाक्यले भने, ‘बाहिरबाट दैनिक औसतमा २० देखि ३० हजार मानिस काठमाडौं प्रवेश गरिरहेका छन् । यो अवस्थामा नागरिक आफैं सचेत नहुने र यसलाई रोक्न संघीय सरकारबाट समन्वय नहुने हो भने राजधानी सहरमा महामारीको अवस्था भयावह हुन सक्छ ।’

‘पिसिआर परीक्षणले कोरोना नियन्त्रण र रोकथाम गर्दैन । यो भाइरस नियन्त्रणको औषधि होइन, रोग छ कि छैन भनेर परीक्षण गर्ने बिधि मात्र हो । त्यसैले महामारी न्युनीकरणका लागि पिसिआर परीक्षणमा होइन, मास्क लगाउने, साबुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने जस्ता व्यवहारमा जोड दिनुपर्छ’, मेयर शाक्यले भने, ‘काठमाडौं महानगरले अहिलेसम्म १० वटा कन्ट्र्याक टे«सिङ् टोली बनाएर सबै वडामा परिचालन गरेको छ । यी जनशक्तिले संक्रमित शंका भएका, र संक्रमितसँग सम्पर्क भएकाकारण संक्रमणको सम्भावना भएका १ हजार ७९५ जना व्यक्तिको पिसिआर बिधिबाट परीक्षण गरिसकेका छन् ।’

अपिलमा महानगरले परीक्षणका लागि गरेका कामका बारेमा उल्लेख गर्दै मेयर शाक्यले सचेतनाका लागि माइकिङ् गर्ने, निसंक्रमणका लागि स्प्रे गरेर भाइरस सर्ने वातावरण नष्ट गर्ने काम भइरहेको जानकारी दिएका छन् । काठमाडौंको सम्भावित जोखिमलाई सबै मिलेर कम गर्न सकिने भएकोले नागरिककातर्फबाट सरकारले जारी गरेका निर्देशनको पालना गर्ने र तहगत सरकारले विपद्÷महामारी नियन्त्रणका लागि समन्वय र सहकार्य गर्नुपर्नेमा अपिलमार्फत मेयर शाक्यले जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *