वीर गणेशमान सिंहको २३ औं स्मृति दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न
भदौ २८, काठमाडौं ।
कोभिड महामारीका कारण लकडाउनको स्थितिमा देशमा रगतको चरम अभाव भैरहेकोे अवस्थामा लौहपुरुष, सर्वमान्य नेता वीर गणेशमान सिंहको २३ औं स्मृति दिवसको उपलक्ष्यमा नेपाली काँग्रेस टोखा १० द्वारा हिजो सामाखुशीमा एक रक्तदान कार्यक्रम सम्पन्न भयो ।




काठमाडौं जिल्ला काँग्रेसका सभापति कृष्ण सबुज बाँनियाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा यस्तो विषम परिस्थितिमा पनि टोखा काँग्रेसका साथीहरुबाट सम्पन्न रक्तदान कार्यक्रम अति नै सह्राहनिय, मननयोग्य र उदाहरणीय सामाजिक सेवा रहेको बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमहरुले निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस टोखा १० द्वारा पहिलो पटक आयोजित सो रक्तदान कार्यक्रममा ७० जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो जसमा महिला रक्तदाता २० जना रहेको छ ।

तस्वीर – मन्जित महर्जन