महानगर समाचार

महिलाहरुको क्षमता अभिबृद्धिले उत्साहित स्थानीय तह

१६ जेठ २०८३।

सुरज वीर बज्राचार्य, ललितपुर ।

ललितपुर महानगरपालिका २० वडाको आयोजनामा भएको १५ दिने उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । यस प्रशिक्षणको ब्यवस्थापक पूर्णचण्डी मिसा पुचःकी अध्यक्ष सुशिला महर्जनको सभापतित्वमा सम्पन्न समापन समारोहको प्रमुख अतिथि वडा अध्यक्ष चन्द्रलाल महर्जनले सहभागी महिलाहरुमा १५ दिनको अवधिमा देखिएको क्षमता अभिबृद्धिले आफू निकै उत्साहित भएको बताउनु भयो । सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुहुँदै उहाँले सबैलाई सक्षम र क्षमतावान् बनाउन वडा सँधै तत्पर रहेको पनि बताउनु भयो ।


गृहिणी, विभिन्न क्षेत्रमा कार्यरतदेखि ज्येष्ठ नागरिकगरी २५ जनाको सहभागी रहेको सो प्रशिक्षण वरिष्ठ संचारकर्मी एवं चर्चित कार्यक्रम प्रस्तोता सुरजवीर बज्राचार्यले प्रदान गर्नुभएको हो । कार्यक्रममा ब्यवस्थापन समूह एवं प्रशिक्षार्थी समूहले प्रशिक्षक बज्राचार्यलाई हस्तकलाको अनुपम कृति अष्टमण्डलसहित सम्मानपत्र प्रदान गरी सम्मान गरेको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रशिक्षक बज्राचार्यले अब अवसर नै अवसरले भरिएको संसारको ढोका खुलेको उल्लेख गर्दै अवसर उपयोग गर्दै ब्यक्तित्व निर्माणका लागि तत्पर रहन आग्रह गर्दै आफू सँधै नै साथमा रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा ब्यवस्थापन समुह पूर्णचण्डी मिसा पुचःले आयोजक वडा परिवारलाई पनि हस्तकला अष्टमण्डल प्रदान गर्दै कृतज्ञता ज्ञापन गरेको हो । वडा समितिका सदस्यहरु शैलेन्द्र शाक्य, गीता महर्जन, मंगलदेवी नेपालीको विशेष आतिथ्यता तथा पूर्णचण्डी टोल सुधार समितिका अध्यक्ष अशोक श्रेष्ठ, पूर्णचण्डी मंकाः खलः तथा पूर्णचण्डी ल्याय्म्ह पुचःका अध्यक्ष बाबुकाजी डंगोल, मिसा पुचःकी निवर्तमान अध्यक्ष नानीबेटी डंगोल, ललितपुर महानगरपालिका २० वडाका सल्लाहकार अजयमान जोशीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य पूर्णचण्डी मिसा पुचःकी सह–सचिव रजनी महर्जन, धन्यवाद ज्ञापन मन्तब्य कोषाध्यक्ष पूर्णदेवी महर्जनले दिनु भएको हो । प्रशिक्षार्थीहरु श्रृजना शर्मा, रविना महर्जन, पुण्यश्वरी जति महर्जन, अमिता सिं, बेखामाया महर्जन, अनिता महर्जनले प्रशिक्षण लिंदाको अनुभव र आएको परिवर्तनबारे मन्तब्य राख्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *