फाेटाे फिचरमनाेरञ्जन

नेपालभाषा म्युजिक भिडियोमा ट्रियो कम्बिनेशनको धमाकेदार प्रस्तुति “छंगु लँ स्वैच्वंगु मिखा”

थिमि, ७ माघ २०७७ ।

आर.बि. इन्टरटेन्टमेन्टको ब्यानरमा नेपालभासाको गीत “छंगु लँ स्वैच्वंगु मिखा” को म्यूजिक भिडियोको लोकार्पण हिजो मंगलबार थिमिमा रहेको ब्लुज लाउन्ज एण्ड बारमा सम्पन्न भयो ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा उपमेयर अन्जना देवी मधिकर्मी, ईलोहँ प्रकाशनका नरेशवीर शाक्य, वरिष्ठ सिने पत्रकार विजयरत्न असंवरे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले मध्यपुर थिमिमा नयाँ कलाकारहरुको उदय भएकोमा आपूmलाई खुशी लागेको बताउँदै आ–आफ्नो क्षेत्रबाट नगरको उन्नति प्रगति गर्न अग्रसर हुनुपर्ने कुरामा जोड दिनु भयो । साथै नगरपालिकाले गरेका र गर्नुपर्ने कामको बारेमा सविस्तार बताउँदै प्रतिभालाई कदर गर्दै जाने बताउनु भयो ।

कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न असंवरेले एकै वर्षमा एकपछि अर्को गर्दै उत्कृष्ट नेपालभाषाका म्यूजिक भिडियोहरु तयार गरी दर्शक सामू ल्याएकोमा बधाई दिंदै अरुहरुलाई पनि सिको गर्न सल्लाह दिनुभयो ।

नेपालभासा पेज थ्रीका सम्पादक दर्शन वीर शाक्यको शब्द र मध्यपुर थिमिका गायिका कल्पना श्रेष्ठको स्वरमा सजिएको यस गीतका संगितकार विजय कायस्थ रहेको छ भने संगीत संयोजन जुगल डंगोलको रहेको छ ।

कलाकार रविन्द्र शाही र रेश्मी महर्जनको जीवन्त अभिनय रहेको यस गीतको म्यूजिक भिडियोमा गायिका कल्पना श्रेष्ठले पनि अभिनयमा डेब्यू गरेकी छिन् ।

परिकल्पनाकार दर्शन वीर शाक्य, छायांकन तथा सम्पादक मनोज रत्न शाही र निर्देशक राजन शाहीको ट्रीयो कम्बीनेशनले छैठौं नेपालभासा म्यूजिक भिडियोको रुपमा अर्को एक उत्कृष्ट म्यूजिक भिडियो “छंगु लँ स्वैच्वंगु मिखा” पस्केको छ । यस भन्दा अगाडि “छन्त जिगु माया मदुला”, “मयो जित”, “ओ मैंचा”, “गुलि न्ह्यइपुसे च्वं”, “छु जुल रे” सहित पाँच उत्कृष्ट म्यूजिक भिडियो दर्शक माझ पस्किसकेका छन् जुन दर्शकहरुले औधि रुचाइएको पाइएको छ ।

परिकल्पनाकार दर्शन वीर शाक्य चिर परिचित नेपालभाषाको पाक्षिक पत्रिका पेज थ्रीका सम्पादक हुनुहुन्छ भने छायांकन तथा सम्पादक मनोज रत्न शाही विगतमा नेपाल वान टेलिभिजनसँग सम्बन्धित रही हाल विभिन्न मिडियामा फोटो पत्रकारको रुपमा कार्यरत हुनुहुन्छ । साथै निर्देशक राजन शाही नेपालभासा तथा नेपाली भासाका म्यूजिक भिडियोमा व्यस्त निर्देशकका रुपमा रहेका छन् । यही ट्रियो कम्बिनेशनले निकट भविष्यमै नयाँ नेपालभासाको म्यूजिक भिडियो पनि बजारमा ल्याउँदै छन् ।

कार्यक्रममा सहयोगी हातहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

“छंगु लँ स्वैच्वंगु मिखा” भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

“छंगु लँ स्वैच्वंगु मिखा” लोकर्पणको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/HamroJatra/videos/427260128422492

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *