जात्रा पर्वमहानगर समाचारसंस्कृति

ऐतिहासिक कात्ति प्याखं (कार्तिक नाच) मंसिर १२ र १३ गते

मंसिर ११, ललितपुर ।

झण्डै ३८० वर्ष पुरानो ऐतिहासिक कात्ति प्याखं (कार्तिक नाच) कोरोना संक्रमणको जोखिमको कारणले यस वर्ष दुई दिन मात्र हुने भएको छ ।

एक सूत्रका अनुसार कोरोनाका कारण कार्तिक नाच हुने स्थल यल लायकु क्षेत्रलाई सील गरी नाच संचालन गरिने छ ।

पछिल्ला वर्षहरुमा कछलाथ्व पञ्चमीका दिनदेखि शुरु भै १२ दिनसम्म प्रदर्शन गरिदै आएकोमा यस वर्ष मंसिर १२ र १३ गते दुई दिन मात्र प्रदर्शन गरिने भएको छ । हिजो ललितपुर महानगरपालिकामा कार्तिक नाचसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाबिच भएको बैठकले सो दुई दिन बराह अवतार र नृसिंह अवतारका नाच मात्र प्रदर्शन गरिने निर्णय भएको कार्तिक नाच संरक्षण समितिले बताए ।

तान्त्रिक विधि अनुसारका कार्तिक नाचका धेरै जसो कथाहरु विष्णु पुराणका कथासँग सम्बन्धित रहेको छ । यो नाच राजा सिद्धिनरसिंह मल्लको पालामा ८ दिन र पछि श्रीनिवास मल्लका पालामा १५ दिन देखाउने गरिन्थ्यो । यस नाचमा ललितपुरका राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ल लगायत विविध जात जातिहरुको प्रतिनिधित्व रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *