क्रान्तीको हर क्षण जीउने कर्मको मिठो चित
क्रान्तीको हर क्षण जीउने कर्मको मिठो चित

धर्तीको उचाइमा चन्द्रमा जले ।
जुनसँगै चम्केका सपनाहरू ढले ।।
पलाएका मुनाहरू पूmल झैं फुले ।
क्रान्तीको नाममा सुगन्ध सब जले ।।
गुलावका सुगन्ध हावासँगै ढले ।
न्यायको चितामा सबैको मन जले ।।
संघर्ष र शान्ति द्वन्द्वको पराकाष्ठा ।
क्रान्ति हाम्रो शक्ति र संगठित एक स्रष्टा ।।
सपना र यथार्थ आवाज बनाऊँछौं ।
हाम्रो हिम्मतले उज्यालो छर्छौं ।।
धैर्य र साहस, विवेकले भरिएको ।
क्रान्तिसँगै हाम्रो रंगिन चित्र कोरिएको ।।
स्थायी परिवर्तन गर्ने हाम्रो बाचा ।
सपना र मुटु समेटेर बनाउनु छ पक्का ।।
हिसाब नबुझी आगो त जलाको छ ।
क्रान्ति भनेको जीवन जस्ले झेलेको छ ।।
रन्झना सुस्त भयो कसम लियो दुबै ।
कठिनाईमा न हराउँछ एकता कुनै ।।
शहिदको सपना धर्तिमा घामसँगै झुल्छ ।
क्रान्तिको महोत्सव पूmल्नमै भुल्छ ।।
धर्तिमा न्यायको धुन गुञ्जिदैछ ।
क्रान्तीका गाथामा उज्यालो छर्दैछ ।।
हाम्रो हृदयको आवाज बन्छ अर्को गित ।
क्रान्तीको हर क्षण जीउने कर्मको मिठो चित ।।
मदन किपुल्चा
किसिपिडी, चनपा, काठमाडौं ।
शताब्दी कै उत्कृष्ट कविता ! साहित्यकार मदन किपुल्चालाई यस वर्षको मदन पुरस्कार प्रदान गर्न सिफारिस गर्दछु ।