कलाकार श्यामकृष्ण ज्यापुको एकल पौभा चित्रकला प्रदर्शनी हुने
१९ बैशाख २०८१ ।
योङ पिकासोको अयाोजना तथा पाटन संग्रहालयको सहकार्यमा नेपाली पौभा चित्रकलाको प्रबद्र्धनन तथा विकासको लागि कलाकार श्यामकृष्ण महर्जन (ज्यापु)को एकल चित्रकला प्रदर्शनी पाटन पाटन संग्रहालयमा हुँदैछ ।

कलाकार ज्यापुको ३२ थान बौद्ध धर्म र संस्कृतिसँग सम्बन्धित पौभा चित्रहरुको प्रदर्शनीको उद्घाटन नेपालका लागि श्रीलंकन राजदुत महामहिम एयर सिफ मार्शन शदर्शना पथीरानाको बाहुलीबाट यही बैशाख २० गते हुने आयोजकले बताए ।
उक्त प्रदर्शनी आगामी बैशाख २२ गतेसम्म संचालन हुनेछ ।

विगत २५ वर्षदेखि कलाकारीता क्षेत्रमा होमिएका ज्यापुले तयार गरेका चित्रहरुमा नेपाली मौलिकताको झझल्को पाउन सकिन्छ । कलाकार ज्यापुले विगतमा सामूहिक चित्रकला प्रदर्शनीमा भाग लिएता पनि यो वहाँको पहिलो एकल प्रदर्शनी हुनेछ ।
