सम्पदासंस्कृति

श्री पचली भैरवनाथको द्यछेँमा द्यसिं महर्जनले छेपु र ध्वजा चढाए 

१ मंसिर २०८० ।
शरण डंगोल, काठमाडौं ।
श्रुति कथनमा श्री पचली भैरवनाथका १२ मित्रहरूमध्ये सबैभन्दा मिल्ने मित्र द्यसिं भन्ने सुन्दै आएको हामीमा सर्वविदितै छ । वर्तमानमा पनि श्री पचली भैरवनाथका १२ मित्रहरूमध्ये एक मित्र द्यसिं (देउ सिं) महर्जन रहेका छन् । १२ गुठियारमध्ये सबैभन्दा चर्चित द्यसिं महर्जन श्री पचली भैरवनाथको सेवा र टहलमा व्यस्त रहेको भेटिन्छ टेकू स्थित मन्दिर परिसरमा ।
उनै द्यसिं महर्जनले श्री पचली भैरवनाथ शक्तिपिथ क्षेत्रमा विकास निर्माण एवं साजसज्जाका सम्बन्धमा भएका आफ्ना अनगिन्ती इच्छाहरू मध्ये आज एक इच्छा पूर्ण भएको छ, त्यो हो शक्तिपिथमा रहेको देव घरको प्रवेशद्वार माथि छेपु र दायाँबायाँ चन्द्र र सूर्य अंकित धातुबाट निर्मित ध्वजा स्थापना ।
आज गुरुजुबाट तान्त्रिक विधि अनुसार पूजा आजा र होम गरी उक्त छेपु र चन्द्र र सूर्य अंकित ध्वजा स्थापना गरी अनावरण गरिएको छ । केही वर्ष अघि मात्रै उहाँले सोही द्यछेँमा पताका पनि फहराएका थिए ।
उक्त छेपूँ र ध्वजाका लागि उहाँ र उहाँकी धर्मपत्नी सन्तुमाया महर्जनले आफ्ना दिवंगत पिता माता मोतिभाइ  महर्जन तथा सेती माया महर्जनको स्मृतिमा चढाएका हुन् । यस पूण्य कार्यमा उहाँका सन्ततिहरू न्हुछे बहादुर र लक्ष्मी, चन्द्र बहादुर र मैयाँ, महेन्द्र र मन्दिरा, रामेश्वर र शोभा, नानी मयजु, लक्ष्मी महर्जन लगायतको साथ र सहयोग रहेको छ ।

mde

Leave a Reply

Your email address will not be published. Required fields are marked *