ज्ञानद्वारा रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न
२६ असार २०७९ ।
निरु महर्जन, काठमाडौं ।
ज्ञानोदय माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको संगठन ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल “ज्ञान” द्वारा हिजो एक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
६४ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको सो कार्यक्रममा १५७ भन्दा बढीले नेशनल हस्पिटल, सरोवर पाेलिक्लिनिक तथा साझा स्वास्थ्य सेवाका वरिष्ठ डाक्टरहरूद्वारा ग्याँस्ट्रो, नाक, काम, घाँटी, दाँत, रक्तचाप तथा सुगर समेत निःशुल्क परीक्षण गराएका थिए ।

का.म.पा. १४ का वडा अध्यक्ष श्री सुमन श्रेष्ठको प्रमुख आतिथ्यताकमा सम्पन्न सो कार्यक्रममा
श्री प्रेम सागर कर्माचार्य, डा. मनिता राजकर्णिकार, डि.एस.पि. अनिल कुमार घिमिरे लगायत उच्चपदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष श्री रुपचन्द्र पन्तले सम्पूर्ण रक्तदाता, सहयोगी संस्थाहरू, अतिथिहरू, स्वयंसेवकहरूलाई धन्यवाद दिँदै कार्यक्रम सफल पार्न सहयोग गर्ने व्यक्ति, सङ्घसंस्थाहरू प्रति कृतज्ञता समेत प्रकट गर्नु भयो । विगतमा संस्थाद्वारा यस्तै मानवीय, सामाजिक कार्यका साथै जनचेतना र प्रशिक्षणका अलावा विभिन्न प्रतियोगिताहरू समेत आयोजना गर्दै आएको स्मरण गराए ।
कार्यक्रममा संस्थाका सचिव श्री राम महर्जनद्वारा कार्यक्रम आयोजनाको उपादेयता बारे प्रकाश पारेको थिए भने उपाध्यक्ष श्री निरु महर्जनले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र, अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।