मनाेरञ्जन

एकै दिन नेपालभाषाको तीन गीतको म्यूजिक भिडियो सार्वजनिक

२९ फागुन २०७८, ललितपुर ।
राजेन्द्रकुमार महर्जन र अशोक महर्जनको नेपालभाषाको तीन गीत “शिला चह्रे पाहाँ चह्रे”, “स्वाँया बासना” र “छंगु रुप खना” को म्यूजिक भिडियो हिजो एक कार्यक्रम बिच सार्वजनिक गरिएको छ ।


शिला चह्रे पाहाँ चह्रेमा नेपालको गौरव यहाँका साँस्कृतिक जात्रा पर्वहरुको सजीव चित्रण गरिएको छ भने स्वाँया बासना प्रेम कथामा आधारित रहेको छ । त्यस्तै छंगु रुप खनामा भने माया पिरतीले धनी गरीब भन्दैन त्यसमा अग्रजले हस्तक्षेप गर्नु हुन्न भन्ने सन्देश दिएको छ ।

गायकद्वय राजेन्द्रकुमार र अशोकको स्वर, शब्द संगीत विष्णु जल्मी, संगीत संयोजन निरञ्जन महर्जन रहेको शिला चह्रे पाहाँ चह्रेको छायाँकन रविन डंगोलले गरेका छन् भने सम्पादन र निर्देशन बाबुकाजी जल्मीले गरेका छन् ।
“शिला चह्रे पाहाँ चह्रे” भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

“शिला चह्रे पाहाँ चह्रे” भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

त्यस्तै अशोक महर्जनको स्वर, शब्द संगीत निरञ्जन महर्जन, संगीत संयोजन जीवित जल्मी रहेको स्वाँया बासनामा किशोर चिपालु र रोजिना सुवालको उत्कृष्ट अभिनय एवं नृत्यले सजिएको छ । रिना महर्जनको श्रृङ्गार, रोजी फेशनको भेषभुषा, छायाँकन र सम्पादन बाबुकाजी जल्मी रहेको स्वाँया बासना म्यूजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी सुरज नापितले गरेका छन् ।

“स्वाँया बासना” भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

त्यस्तै राजेन्द्र कुमार महर्जन र दिपा महर्जन स्वर, शब्द संगीत निरञ्जन महर्जन रहेको छंगु रुप खनामा राजु महर्जन, आराध्य लक्ष्मी खड्गी, पूर्णकाजी ज्यापु लगायतका कलाकारहरुको अभिनय रहेको छ । श्रृङ्गारमा सनम कुमार श्रेष्ठ, छायाँकन र सम्पादनमा सोहन मानन्धर तथा कोरियोग्राफीमा आराध्या लक्ष्मी खड्गी रहेको उक्त म्युजिक भिडियोमा निर्देशन जितेन्द्र महर्जनको निर्देशन रहेको छ ।

“छंगु रुप खना” भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

नेपालभाषा म्यूजिक भिडियोका प्रथम निर्देशक तथा सिने पत्रकार विजयरत्न असंबरेको प्रमुख आतिथ्यता तथा समाजसेवी महेन श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अतिथि मंगल महर्जन, तुल्सी महर्जन लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा गायकगायीकाहरुले हरसिद्धि भवानीको भजन लगायत अन्य गीत संगीत पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्तमा सार्वजनिक गरिएका म्यूजिक भिडियोसँग आवद्ध रहेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो भने पत्रकारहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *