कोरोनाबाट आफू पनि बचौं अरुलाइ पनि बचाऔं
काठमाडौं, २९ चैत्र २०७७ ।
राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीद्वारा हिजो शनिबार स्वयम्भू भगवान पाउमा कोरोना कोभिड–१९ सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले कोरोना कोभिड–१९ हाल विश्व भरि मुलुकमा साथै नेपालमा पनि पुर्न कोरोना संक्रमीत बढीरहेको अवस्थामा “आफू पनि बचौ अरुलाइ पनि बचाऔं” भन्ने नाराका साथ जनचेतना कार्यक्रममा मास्क स्यानीटाईजर वितरण गरेको थियो ।

नेकपा एमाले १५ वडा कमिटीका अध्यक्ष धावा रुम्बाले राष्ट्रिय युवा संघले गरेको जनचेतना कार्यक्रम अहिलेको परिस्थितिमा एकदमै सह्राहनिय रहेको र कमिटीको तर्फबाट सधै नै सहयोग रहने बताए ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय एवं स्थायी सदस्य शिव कुमार महर्जनले १५ वडा कमिटीले वडा स्तरमा एउटा राम्रो र मननयोग्य कार्य सुरु गरेको बताउँदै राष्ट्रिय युवा संघ नेपालले स्थानीयहरु स्वास्थ मात्र नभइ हरेक क्षेत्र सहयोग गर्ने बताउनु भएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रबाट राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीलाई सधै सहयोग रहने प्रतिबद्धता समेत जनाउनु भयो ।
कार्यक्रममा स्थानिय गण्यमान्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।