नेपालभाषाको भजन “शान्तिया जः माः वने” को भिडियो प्रिमियर सम्पन्न

काठमाडौं, ९ चैत्र २०७७ ।

नेवाः एच.डी. टेलिभिजनको ब्यानरमा निर्माण भएको “शान्तिया जः माः वने” भिडियोको प्रिमियर हिजो ज्ञानमाला भजन खलःका अध्यक्ष रमना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

प्रमुख अतिथि श्रेष्ठले बुद्ध बचनका बारेमा आफ्ना भनाईहरु राख्दै प्रिमियर गरिएको भजनको भिडियोको सम्बन्धमा आफ्ना विचारहरु राखेका थिए ।

कार्यक्रममा अन्य अतिथि वक्ताहरुले पनि बुद्ध सन्देश, पञ्चशील, बुद्ध वाणी र भजन संगीतका बारेमा आफ्ना विचारहरु राखेका थिए ।

बौद्ध दर्शन एवं बुद्ध बचनलाई आत्मसात गरी त्यसलाई जीवनमा कसरी उतार्ने भन्ने सन्देश सहित थुप्रै कलाकारहरुको अभिनय रहेको यस भजनको छायाँकन र सम्पादन मनोजरत्न शाहीले गरेका छन् भने सह–निर्देशकमा सविनव जोशी र निर्देशकमा राजन शाही रहेका छन् । सुरेश महर्जन, सुरज महर्जन र निरज महर्जन निर्माता रहेको सो भिडियोको मेकअपमा सनम कुमार श्रेष्ठ रहेका छन् ।

भजनका शब्दहरु राजभाई जकःमिका हुन् भने राधेश्याम महर्जनको स्वर र संगीत तथा संगीत संयोजन जीवित जल्मीको रहेको छ ।

नेवाः एच.डी. टेलिभिजनका अध्यक्ष नविन जोशीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन नेपालभाषा गित, संगित र लिपिमा चिरपरिचित हस्ती पवित्र कसाःले गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *