जात्रा पर्वसंस्कृति

श्री थेच्व नवदुर्गा भवानी देवगण नाच थेच्वमै सिमित

कार्तिक १२, लतिलपुर ।

करिब १६–१७ सय वर्ष अगाडि ललितपुरको दक्षिण भेगमा अवस्थित थेच्वमा १५ सय घरधुरी स्थापना गरी श्री थेच्व नवदुर्गा स्थापना गरी यल लायकुका मनमानेश्वरी देवीलाई फुलमाला चढाउने कार्यक्रम यस वर्ष कोभिडका कारण स्थगित भएको छ ।

विजया दशमीका दिन यल लाय्कु (ललितपुर दरबार) बाट लिच्छविकालिन थेच्वको श्री नवदुर्गा भवानीको क्षमा पूजा सम्पन्न भएको थियो ।

यो नाच विजया दशमी र कोजाग्रत पूर्णिमाका दिन यल लायकूको मूलचोक, सुनाकोठी कोतघर डबली, थेच्वको मूल डबली र चापागाउँमा नचाउँदै आएकोमा यस वर्ष कोभिडका कारण एकादशीका दिन थेच्वमा मात्रै सिमित भएको छ । विशेष पूजाआजा पछि देवघरबाट निस्केका देवगणले नगर परिक्रमा पछि थेच्वको मूल डबलीमा नाच प्रस्तुत गरेका थिए ।

यस श्री नवदुर्गा नाचमा मास्क, स्यानिटाइजर, भाइजर, पञ्जा लगायतका महामारीबाट बच्नको लागि आवश्यक स्वास्थ सामग्रीको प्रयोग गरिएको छ ।

धार्मिक मान्यता अनुसार यल लायकुका मनमानेश्वरी देवीले महिषासुरलाई बध गरे पश्चात विजयोत्सवको रुपमा श्री थेच्व नवदुर्गा भवानीका देवगण भैरव, काली, बाराही आदिले पूmलमाला चढाई विजयोत्सव मनाउने चलन रहेको छ ।

श्री थेच्व नवदुर्गा देवगणमा क्रमशः भैरव, काली, बाराही, कुमारी, ब्रम्हायणी, विष्णुदेवी, महालक्ष्मी, गणेश, महादेव, सिंघिनी र ब्याघ्रिनी रहेका छन् ।

यस्तै जीवन्त संस्कृतिका रुपमा रहेका उपत्यकाका अन्य देवगण नाचमा भक्तपुरको नवदुर्गा नाच, काडमाडौं स्वेतकाली नाच, पचली भैरवको १२ वर्षे नाच, भद्रकालीको १२ वर्षे नाच, बाघभैरवको १२ वर्षे, आकाशदेवीको १२ वर्षे नाच, खोकनाको सिद्धिकाली (सिकाली) नाच, हरिसिद्धिको जल (हरिसिद्धी) नाच आदि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *